तुलसीपुर, असोज २ । लघुवित्तमा जोडिएपछि अहिले महिला उद्यममा जोडिएर आम्दानी गर्दै आएका छन् ।
स्वाबलम्बन लघुवित्त वित्तिय संस्था तुलसीपुर शाखामा आबद्ध समूह ३१ की प्रमुख लक्ष्मी गिरील लघुवित्तमा जोडिएपछि महिला आत्मनिर्भर हुनुका साथै जीवनयापन सजिलो भएको बताउँछिन ।
पहिला बेलमती विकलाई पनि घर धान्न समस्या हुन्थ्यो । अहिले लघुवित्तबाटै ऋण लिएर ब्यबसायिक खेती सुरु गरेपछि जीवन चलाउन सहज भएको छ ।
यी दुई त उदाहरण मात्रै हुन । लघुवित्तबाट ऋण लिएर भैंसी, कुखुरा पालन र ब्यबसायिक खेती गरेर महिला स्वाबलम्बन बन्दै गएका छन् ।
आम्दानी गर्न थालेपछि घर समाजमा प्रतिष्ठा पनि बढेको उनीहरु बताउँछन् ।
स्वाबलम्बन लघुवित्त वित्तिय संस्था तुलसीपुरका २ सय ५१ वटा केन्द्रहरु छन् । संस्थाका तुलसीपुर शाखा प्रमुख चन्द्रबहादुर थापाका अनुसार साना तथा मझौला ब्यबसायीलाई कुनै पनि निकायले चासो नदिएकाले यस्ता ब्यबसायीलाई लघुवित्तले लगानी गरेको बताए ।
केन्द्रका प्रमुखहरुलाई गोष्ठी आयोजना गरेर प्रशिक्षण पनि दिने गरेको छ ।