२०८२ असार ६ गते शनिवार

दाङ–सल्यान सडक खण्ड खुल्यो

दाङ–रोल्पा सडक खण्ड खुलाउने प्रयास जारी

तुलसीपुर, भदौ १३ । दाङ–सल्यान सडक खण्ड पौने १२ बजेपछि सुचारु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.३ साततले भन्ने ठाउँमा झरेको पहिरोका डोजेर पंछाएपछि सडक खण्ड सुचारु भएको हो ।

राप्ती राजमार्ग अन्तरगत साततलेमा मध्यराति तिर झरेको पहिरोका कारण दाङ–सल्यान–रुकुम र पश्चिम रोल्पा चल्ने सवारी साधन ठप्प थिए ।

तर, दाङ– रोल्पा सडक खण्ड भने अझैं खुलेको छैन । शहिद मार्ग अन्तरगत घोराहीदेखि होलेरी जोड्न सडक खण्डमा दाङको दुई खोली प्रहरी चौकी भन्दा केही उत्तरतर्फ मोडमा झरेको पहिरो पंछाउने क्रम जारी रहेको छ ।


जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले डोजरबाट पहिरो पंछाउने क्रम जारी रहेको जानकारी दिए । उक्त सडक खण्ड बिहान ७ बजेदेखि पहिरोका कारण बन्द भएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *