२०८१ असार २९ गते शुक्रवार

पहिरोले पुरेका आमा छोरीको मृत्यु


दाङ, भदौ १३ । पहिरोले पुरेका दुई आमा छोरीको मृत्यु भएको छ । अर्की एक छोरीको भने उपचार जारी छ ।

रुकुम पश्चिम जिल्लाको आठबीसकोट नगरपालिका वडा नं. १४ पिपलचौरकी ३० बर्षीया बालमती राना र २ बर्षीया छोरी प्रतिक्षाको मृत्यु भएको रुकुम पश्चिमकाका प्रहरी प्रमुख डिएसपी बिष्णुप्रशाद सोतीले बताए ।

बालमतीकी जेठी छोरी ७ बर्षीया तिर्सना रानाको भने जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहकेको छ ।

तीजको दर खाएर जाजरकोटस्थित माइती घरबाट रुकुम पश्चिम फर्किने क्रममा तीन आमा छोरीलाई आइतबार दिउँसो १ बजेतिर पहिरोले पुरेको थियो ।

ठूलो बर्षा भएपछि रुकुम पश्चिमको आठबीसकोट – १४ स्थित छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका उनीहरुलाई माथिबाट झरेको पहिरोले पुरेको थियो ।

बेलुका साढे ५ बजेतिर उद्धार पछि घटनास्थलदेखि नजिक पर्ने हुँदा तीन आमा छोरीलाई जाजरकोट जिल्ला अस्पताल पठाइएको थियो ।

अस्पताल पु¥याउन साथ चिकित्सकले दुई आमा छोरीलाई मृत घोषणा गरेका थिए । ७ बर्षीया तिर्सनाको भने उपचार जारी रहेको तथा स्वास्थ्य सुधारउन्मुख रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *