तुलसीपुर, भदौ १३ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ साततले भन्ने ठाउँमा झरेको पहिरोका कारण गएरातिदेखि सवारी साधन संचालनमा आउन सकेका छैनन् ।
राप्ती राजमार्ग अन्तरगत साततलेमा मध्यराति तिर झरेको पहिरोका कारण दाङ–सल्यान–रुकुम र पश्चिम रोल्पा चल्ने सवारी साधन सञ्चालनमा आउन सकेका छै्रनन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले पहिरो पंछाउन डोजर पठाइएको भएपनि पानी पर्न नरोकिएका कारण समस्या भइरहेको जानकारी दिए ।
त्यस्तै लगातारको बर्षाका कारण तुलसीपुर–घोराही सडक खण्डका बिभिन्न खोलाहरुमा बाढी आएको छ ।
पुल नभएका कालाखोला, रक्राम लगाएत खोलाहरुमा प्रहरी परिचानल गरिएको छ ।
साना सवारी साधन संचालनमा आउन नसकेको डिएसपी मल्लले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार