२०८२ जेष्ठ ११ गते शुक्रवार

मापसे गरी नातेदारमाथि एसिड प्रहार,२२ लिटर एसिडसहित आरोपी पक्राउ

सल्यान,साउन ३१ । तीन जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा सल्यानको दार्मा गाउँपालिका–३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

रावतले मादक पदार्थ सेवन(मापसे)गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ।

उनले एसिड प्रहार गर्दा सोही ठाउँस्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइ समेत तीन जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई करिब २२ लिटर एसिड सहित पक्राउ गरेको हो। तीनै जना घाइतेहरूलाई उपचारको लागि नेपालगन्जतर्फ पठाइएको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०७९ साउन ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *