तुलसीपुर, साउन ३० । साउनको अन्तिम सोमबार तुलसीपुरको त्रिशिद्धेश्वरी मन्दिरमा सोमबार बिहानैदेखि भक्तजनको निकै घुँइचो देखियो ।
शिबको आरधना गर्न मन्दिरमा बिहान पाँच बजेदेखि नै महिला लाइनमा लागेका थिए । साउनको सोमबार भगवान शिवको दर्शन तथा पूजा आरधना गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
बत्र बसेर शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास रही आएको छ ।
कतिपय महिला शिब भगवानको रुप धारण गरि पूजा गर्न गएका थिए । पूजा आरधनाका लागि पुगेका मध्य केही महिला बर्वराउने तथा काम्ने गरेको देखिन्थ्यो । केही युवती तथा महिला भने ‘माता’ चढेको भन्दै नागको सैलीमा घस्रिदै मन्दिर भित्र प्रबेश गरेको दृष्यपनि देखिएका थिए ।
कतिपय महिला तथा युवती सेल्फि खिच्न तथा टिकटक बनाउन तल्लिन देखिन्थे । केही भने मन्दिर परिशरमा घोप्टो परि रोइरहेका देखिन्थे । केही महिला भने आफ्नो पूजा सामाग्री लगाएतका सामाग्री चोरी भएको भन्दै तनाबमा देखिन्थे ।
शिब भगवानका वाहान मानिने बसाहको मुर्तिसंग कानेखुसी गरिरहेका, दूई हात जोडेर मन्दिरको वरिपरी शिव भगवानको स्तुति गाउँदै भत्तजनहरु हिडिरहेका थिए ।
मन्दिर परिशर भित्र पुरेतहरुलाई भने पूजा आरधना गराउन भ्याइ नभ्याइ थियो ।