२०८१ बैशाख २३ गते आइतवार

उच्च अदालतको रिक्त २७ न्यायाधीशमा २ सय ७७ जनाको उम्मेदवारी

काठमाण्डौ,साउन २५ । उच्च अदालतको रिक्त २७ न्यायाधीशमा २ सय ७७ जनाको उम्मेदवारी परेको छ ।

जिल्ला न्यायाधीशबाट ७६, कानुन व्यवसायीबाट १ सय ७४ र कर्मचारीबाट ४६ जनाको आवेदन परेको हो । कुल आवेदन परेकामध्ये २ सय ५५ पुरुष र १९ महिला रहेका छन् ।

न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड बनाएर जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय समूहका कर्मचारी, सरकारी वकिल समूहका कर्मचारी, कानुन समूहका कर्मचारी र अन्य समूह आवेदनमा माग गरेको थियो ।

आवेदन परेकाहरूको प्रारम्भिक छनोट गरी सूची प्रकाशन गरिने परिषद्ले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *