२०८२ असार ७ गते आइतवार

रुकुम पश्चिममा अरिंगालको टोकाइबाट युवकको मृत्यु

दाङ, साउन २२ । रुकुम पश्चिममा अरिंगालको टोकाइबाट घाइते भएका एक युवकको मृत्यु भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ का ४० वर्षीय सुवर्ण सुनारको आइतबार मृत्यु भएको छ ।
उनलाई थप उपचारका लागि बाँके तर्फ लैजाँदै गर्दा सल्यानको श्रीनगर निजकै बाटोमै मृत्यु भएको जानकारी दिइएको छ ।

अरिंगाल पोल्ने भनेर गएका सुनारलाई तीन दिन पहिले छिमेकी जिल्ला सल्यानमा अरिंगालले टोकेको थियो ।

त्यसपछि उनको उपचार झुल्नेटास्थित एक निजी स्वास्थ्य क्लिनिकमा हुँदै आएको थियो । स्वास्थ्यमा सुधार नआएपछि सुनारलाई थप उपचारका आइतबार नेपालगंज तर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सुनार गाउँ खेलकुद विकास समिति त्रिवेणीका सचिवपनि हुन । उनी एक राम्रो भलिवलका खेलाडीपनि हुन ।

त्यस्तै उनी त्रिवेणी गाउँपालिकामा कर संकलकपनि हुन ।
गाउँपालिकाले रुकुम र सल्यानको सीमाना खौलामा उनलाई कर संकलकको रुपमा खटाउँदै आएको थियो ।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *