२०८३ जेष्ठ ३१ गते आइतवार

नेपालमा एकै दिन थपिए ९१५ कोरोना संक्रमित, ३०१ जना निको

काठमाडौँ,साउन १८ । नेपालमा एकै दिन ९१५ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ६ हजार २ नमुना परीक्षणमा ९१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

३ हजार ९१ पीसीआर परीक्षणमा ५९० र २ हजार ९११ एन्टिजेन परीक्षणमा ३२५ जना संक्रमित फेला परेका हुन् ।

२४ घण्टाको अवधिमा ३०१ जना निको भएका छन् । बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ ।

२४ घण्टामा ५५ हजार ५५९ जनाले खोप लगाएका छन् ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *