गुल्मी,जेठ २४ । गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर पत्रकार घनश्याम पोख्रेलको मृत्यु भएको छ ।
धुर्कोट गाउँपालिका ४ जैसिथोक निवासी ३४ वर्षीय राजु भनेर चिनिने घनश्याम पोख्रेलको मंगलबार मृत्यु भएको हो ।
पोखरेल आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपको रूखबाट लडेका थिए । उनलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए ।
पत्रकार पोख्रेल प्रेस सेन्टर नवलपरासीका अध्यक्ष,नवलपरासी स्थित रेडियो दौदरीका स्टेसन म्यानेजर,पर्यटन पत्रकार सघं नवलपरासीका सचिब समेत थिए । उनी भेटघाटका लागि पाँच दिनअघि गुल्मी घर गएका थिए ।
प्रकाशित मिति : २०७९ जेष्ठ २४ गते मङ्गलवार