२०८१ मङ्सिर १७ गते सोमवार

घोराही– १५ मा एमाले नेताले दिए सामुहिक राजीनामा


घोराही, जेठ २३ । घोराही उपमहानगरपालिका वडा नं. १५ मा स्थानीय निर्वाचनको बिषयलाई लिएर नेकपा एमालेका नेताहरुले सामुहिक राजीनामा दिएका छन् ।
सामुहिक राजिनामा दिनेहरुमा नेकपा एमाले घोराही १५ का इन्चार्ज दोर्ण पाण्डे, सहइन्चार्ज गणेश दाहाल, पार्टी वडाध्यक्ष राजकुमार अधिकारी, वडा सचिब पोमबहादुर बुढाथोकीसहित २७ जनाले राजिनामा दिएको जानकारी दिएका छन् ।

नेकपा एमाले दाङको पार्टी कार्यालय भरतपुरमा भएको समिक्षा बैठकमा उनीहरुले सामुहिक राजिनामा गर्ने लिखित निर्णय गरेका थिए ।
घोराही नगर कमिटी सचिब इन्द्र बुढाथोकीसहित लुम्बिनी प्रदेश कमिटि सदस्य हेमराज बन्जाडे, धुर्बराज श्रेष्ठ भारीसहितको उपस्थितिमा स्थानीय नेताहरुले सामुहिक राजनीमा घोषणा गरेका हुन ।

प्रकाशित मिति : २०७९ जेष्ठ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *