२०८३ असार १२ गते शुक्रवार

राश्वपा महामन्त्रीमा दाङका बिपिन निर्वाचित


दाङ, असार १२ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा दाङका विपिनकुमार आचार्य निर्वाचित भएका छन् । चितवनमा जारी पार्टीको प्रथम महाधिवेशन बाट उनी महामन्त्री निर्वाचित भएका हुन ।
पार्टीका निर्वाचनमा आचार्यले प्रतिपष्र्धीहरु मनिष झाँ, सागर ढकाल र गणेश कार्कीलाई पराजित गरेका थिए ।
त्यसअघि महामन्त्री पदमा उम्मेदवारी दिएका बिभिन्न ६ जना ब्यक्तिले आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवार फिर्ता लिएका थिए । जस्मा कबिन्द्र बुर्लाकोटी, जगदीश खरेल, प्रमोद न्यौपानेले, गणेश पराजुली, राजु पाण्डे र रन्जु दर्शना थिए ।
गत फागुन २१ गतेको स्थानीय तह निर्वाचनमा विपिन दाङको क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । उनले नेकपा एमालेका महासचिव शंकर पोखरेल लगाएतलाई पराजित गरेका थिए । महामन्त्री विपिनको पुर्खेली घर तुलसीपुर उपमहानगरपालिका – १२ मा पर्छ । गत निर्वाचनमा पनि उनले तुलसीपुर १२ बाटै मतदान गरेका थिए ।

प्रकाशित मिति : २०८३ असार १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *