२०८३ असार १८ गते बिहिवार

लुम्बिनी प्रदेशसभा बैठक बुधबारपनि अन्तिममा सूचना टाँसेर स्थगित, २१ गते आह्वान

तुलसीपुर, असार १७ ।

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको ११औं बैठक बुधबार पनि अन्तिम समयमा सूचना टाँसेर स्थगित गरिएको छ ।
प्रदेश सभामुख तुलाराम घर्ती मगरको आग्रहमा मंगलरबार मात्रै बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको थियो । तर, त्यो बैठक अन्तिम समयमा सूचना टाँसेर स्थगित गरिएको हो ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार मुख्यमन्त्री चेतनारायण आचार्यको बिषेश आग्रहमा बैठक असार २१ गते दिउँसो १ बजेका लागि बस्ने गरि तय गरिएको छ ।
असार ९ गते बसेको बैठक सत्तारुद दलकै बिरोधका कारण १६ मिनेट नपुग्दै स्थगित हुन पुगेको थियो। सत्तारुढ दलकै सांसदहरुले नयाँ आर्थिक बर्षको बजेट पुर्नंलेखन गर्नुपर्ने माग राख्दै आएका छन् । उनीहरुले असार ९ गते प्रस्तुत बजेट प्रति बिमत्ति जनाउँदै आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की र भौतिक पूर्वाधार बिकास मन्त्री रन्तबहादुर खत्रीको राजीनामा मागेका थिए । यो बीचमा पटक / पटक बैठकहरु आह्वान आह्वान भएपनि ती बस्ने भने सकेका थिएनन् ।
बैठक बस्न नसक्दा नयाँ आर्थिक बर्षको बजेट माथि दफाबार छलफलसमेत हुन सकिरहेको छैन ।
असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ र पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

प्रकाशित मिति : २०८३ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *