तुलसीपुर,जेठ ५ । तुलसीपुर–४ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका तुलसी थापा विजयी भएका छन् । उनले १७८९ मत प्राप्त गरि बिजयी भएका हुन ।
थापाका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण रानामगरले १५४८ मत प्राप्त गरेका छन । थापाले २४१ मतान्तरले रानामगरलाई पराजित गरेका हुन । वडामा थापाको प्यानल नै बिजयी भएको छ ।
यस अघिको निर्वाचनमा सोही वडाबाट एमालेका बालकृष्ण राणामगर विजयी भएका थिए । उनै राणाले अहिले भने थापासंग पराजय भोगेका छन ।
प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार