दाङ, बैशाख ३१ । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाईकल दुर्घटना हुँदा एक सहायक मतदान अधिकृतको मृत्यु भएको छ ।
वीरेन्द्रनगर–८ औद्योगिक क्षेत्र नजिक शुक्रबार साँझ कर्णाली प्रदेश ०२–००१ ब ००११ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा ४५ वर्षीय हृदय ढकालको मृत्यु भएको हो।
उनी वीरेन्द्रनगर–३ हरिडिलभूमि स्कुलमा मतदान केन्द्रमा सहायक मतदान अधिकृतका रुपमा खटिएका थिए। मतदान सम्पन्न भएपछि घर फर्किने क्रममा उनले चलाएको मोटरसाईकल दुर्घटनामा परेर मृत्यु भएको हो ।
उनी वीरेन्द्रनगर नगरपालिकाकाको राजस्व उपशाखामा कार्यरत छैठौं अधिकृत हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले मोटरसाईकल खाल्डोमा परेर उछिट्टिएर दुर्घटनामा परेको जानकारी दिए ।
मोटरसाईकलबाट उछिट्टिएर ढकाल बाटो छेउमा रहेको जस्ता पातामा ठोक्किएको थिए। प्रहरीका अनुसार ढकालको घटनास्थलमै मृत्यु भएको हो।