दाङ, बैशाख १९। नेपाल पत्रकार महासंघ दाङले स्थानीय तहका निर्वाचनका उम्मेदवारसँग बहस गर्ने भएको छ ।
आइतबार दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारका एजेण्डाका विषयमा बहस गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता पालना गरेर मात्र स्थानीय तह निर्वाचन विशेषका समाचार सम्प्रेषण गर्न आग्रह गर्ने निर्णय गरेको सचिव आर.के सितलले जानकारी दिए ।
बैठकले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदानको दिन समाचार संकलनका लागि पत्रकार परिचपत्रका आधारमा र सवारी साधन अनुमतिपत्र नेपाल पत्रकार महासंघको सिफारिसमा उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : २०७९ बैशाख १९ गते सोमवार