२०८३ असार २७ गते शनिवार

तुलसीपुरको उपमेयरमा समाजबादीले जोगबहादुर रानालाई उभ्यायो

तुलसीपुर, बैशाख ९ । तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा नेकपा एकीकृत समाजबादीले केन्द्रीय सदस्य जोगबहादुर रानालाई उम्मेदवार बनाएको छ ।


पाँच दलिय गठबन्धनका बीचमा भएको सहमति अनुसार दाङको तुलसीपुरको मेयर नेपाली काँग्रेसको भागमा र उपमेयर समाजबादीको भागमा परेको थियो । उपमेयरका उम्मेदवार राना उक्त पार्टीका जिल्ला इञ्चार्जसमेत हुन ।


उनी नेकपा एमालेमा रहँदा पूर्व दाङ जिल्ला कमिटी उपाध्यक्ष तथा कार्यबहाक अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरेका नेता हुन । राना हक्की स्वभावका नेताका रुपमा परिचित छन् ।

समाजबादीबाट उपमेयरका लागि यसअघिका जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष डिल्ली डाँगी र तुलसीपुर कार्यपालिका सदस्य जानका रेग्मीको नामपनि सिफारिस भएको थियो ।


नेपाली काँग्रेसले भने अझैंपनि आफ्नो भागमा परेको मेयरको उम्मेदवारको टुँगो लगाइ सकेको छैन ।

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *