दाङ,बैशाख ७ । दाङको घोराहीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
बुधबार बिहान साढे १० बजेतिर घोराही उपमहानगरपालिका १४ कपासे स्थित घोराही तुलसीपुर सडक खण्डमा उक्त दुर्घटना भएको हो ।
सडकमा बिग्रीएको रा १ त ३३७० न. को ट्याक्टरलाई तानेर ल्याउदै गरेको रा १ त ४६११ नं को अर्को ट्र्याक्टर पल्टिदा ट्याक्टरका मिस्त्री घोराही १० उत्तर अम्रई बस्ने अन्दाजी २२ वर्ष का सुदन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरले च्यापिएर गम्भीर घाइते भएका चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।
प्रकाशित मिति : २०७९ बैशाख ७ गते बुधवार