काठमाण्डौ,चैत २४ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अन्तरिम संविधानले अगाडि सारेका ऐन, कानुनहरू सफलतापूर्वक सम्पन्न गर्ने बताएका छन ।
आज बिहीवार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेलगत्तै मन्त्रालयको पदभार ग्रहण गर्ने क्रममा उहाँले यस्तो बताएका हुन । मन्त्रालयको पदभार ग्रहण गर्दै कोइरालाले शान्ति प्रक्रियाका पूरा गर्न बाँकी काम टुङ्ग्याउन पहल गर्ने बताए ।
नवनियुक्त मन्त्री कोइरालाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कामहरू सर्वोच्च अदालतबाट विभिन्न मुद्दामा प्रतिवादित भएका सिद्धान्त, अन्तर्राष्ट्रिय कानुनका व्यवस्थाहरू, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानमा अघि सारेका प्रस्तावनाहरू लगायतका कुरालाई हेरी कानुन संशोधन गरेर अघि बढ्नुपर्ने बताए ।
प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार