तुलसीपुर,चैत १२ । संस्थागत खसी कप फुटसल प्रतियोगिता २०७८ को उपाधी तुलसीपुर नगर जेसिजले जितेको छ ।
बेलुवा फुटबल क्लब तुलसीपुर ९ को आयोजनामा संचालित प्रतियोगिताको शनिवार सम्पन्न फाईनल खेलमा तुलसीपुर बैंकर्सलाई ५ का विरुद्ध ९ गोल अन्तरले पराजित गर्दै नगर जेसिजले उपाधी जितेको हो ।
उसले उपाधीसंगै उसले खसी हात पारेको छ । चैत ११ गते देखि संचालित प्रतियोगितामा संस्थागत तर्फका ६ टिमको सहभागिता रहेको थियो ।
खेल संयोजक मोहन गौतमको अध्यक्षता तथा दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समापन गरिएको थियो ।
सो अबसरमा बिजेता टिम तुलसिपुर नगर जेसिजका अध्यक्ष केशव केसि तथा खेलाडी लाई कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठले खसी प्रदान गरेका थिए । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।
प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार