
तुलसीपुर, फागुन २१ । नेपाली काँग्रेसका नेता तथा तुलसीपुरका युवा ब्यबसायी वशन्त खड्काको लगानीमा स्थानीय मन्दिरमा दुई वटा बाघको मुर्ती निर्माण गरिएको छ ।
तुलसीपर उपमहानगरपालिका –४ का खड्काको एकल लगानीमा मजुवास्थित ठूला खालीको शिव मन्दिरको द्धारमा राख्ने दुई वटा बाघको मुर्ती निर्माण गरिएको छ ।
खड्काले हजुर बुवा मानबहादुर खडका र हजुर आमा सन्तोसी खड्काको स्मृतिमा मन्दिरमा बाघको मुर्तिहरु स्थापना गर्न सहयोग गरेका हुन ।
खडकाको ३६ हजार बराबरको आर्थिक सहयोगबाट मन्दिर द्धारमा दुई वटा बाघको मुर्तिहरु निर्माण गरि स्थापना गरिएको छ ।
‘ गाउँ समाजले मलाई सहयोगको लागि आग्रह ग¥यो,’ खड्काले भने ‘ समाजमा सकारात्मक कार्यका लागि युवाले केही गर्नु पर्छ भन्ने सोच मेरो हो ।’
मन्दिर जस्तो पबित्र स्थानमा आफ्ना हजुर बुवा आमाको संझनास्वरुप केही सहयोग गर्न पाउँदा मन प्रफूल्ल भएको खड्काले बताए ।
‘सार्वजनिक स्थलहरु, धार्मिक स्थलहरु जगेर्ना गर्ने सबैको दायित्व हो,’ वशन्तले भने ‘ यसमा सबैको साथ समर्थन आवश्यक हुन्छ ।’