दाङ, फागुन ९ । घोराहीमा ट्रकको ठक्करबाट १९ बर्षीय अर्जुन खड्काको मृत्यु भएको छ ।
दुर्घटनामा परि घोराही उपमहानगरपालिका वडा नं. ३ का १९ बर्षीय अर्जुन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
घोराहीबाट लमही तर्फ जाँदै गरेको प्रदेश १–०२–००१– ख– ९४०४ नम्बरको ट्रकले घोराही तर्फ आउँदै गरेको रा २ प ८९२४ नम्बरको मोटरसाइकललाई सोमवार बिहान पौने सात बजेतिर घोराही ३ को भानु चोकमा ठक्कर दिएको थियो ।
तत्काल घाइतेलाई उद्धार गरि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान पु¥याए लगतै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
खड्काको मृत्यु पछि आफन्त र आक्रोसित स्थानीयले घोराही– लमही सडक खण्ड बन्द गराएका छन् ।
आफन्त तथा स्थानीयले दोषीलाई कारबाही र उचित क्षतिपूर्तीको माग गर्दै घोराही– लमही सडक खण्डको दुई ठाउँमा अबरोध राखेर बन्द गराएको प्रहरीले जनाएको छ ।
अबरुद्ध सडक खण्ड खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।