२०८३ असार २७ गते शनिवार

इप्रका तुलसीपुरमा ई–पासपोर्ट सेवा सुरु

दाङ,फागुन ५ । दाङको तुलसीपुरमा ई–पासपोर्ट सेवा सुरु भएको छ ।

इलाका प्रशासन कार्यालय तुलसीपुरले विद्युतीय राहदानी अर्थात ई–पासपोर्ट सेवा सुरु गरेको कार्यालय प्रमुख यज्ञबहादुर बुढाले जानकारी दिए ।

दुई महिनादेखि एमआरपी पासपोर्ट सेवा रोकिएको थियो । यसअघि ई–पासपोर्टका लागि काठमाण्डौ जानुपर्ने बाध्यता थियो ।

अब तुलसीपुरबाट राहदानी बनाउन सकिनेछ । साविकको राप्ती अञ्चलमा पहिलो पटक दाङको तुलसीपुरबाट यो सेवा सुरु भएको हो ।

प्रकाशित मिति : २०७८ फाल्गुन ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *