२०८३ बैशाख १५ गते मङ्गलवार

एमालेबाट निर्वाचित अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष गौतमसहित ४ सय ७५ जना काँग्रेसमा पार्टी प्रवेश गरे

दाङ, पुस १९ । नेकपा एमालेबाट निर्वाचित अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेसमा पार्टी प्रवेश गरेकी छन् ।

उपाध्यक्ष लक्ष्मी गौतम सोमबार दुर्गाफाँटमा आयोजित कार्यक्रममा कांग्रेसमा पार्टी प्रवेश गरेकी हुन । पछिल्लो समय उपाध्यक्ष गौतम नेकपा (एकीकृत समाजबादी) मा थिइन ।

कांग्रेस महामन्त्री गगन थापाले उपाध्यक्ष गौतमलाई पार्टी प्रवेश गराएका हुन ।

गौतमसहित करिब ४७५ जना एमाले र माओवादी छाडेर कांग्रेस प्रवेश गरेको कांग्रेस नेता इन्द्रमणि पौडेलले जानकारी दिए ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका अच्युत गौतम र उपाध्यक्षमा लक्ष्मी विजयी भएका थिए । लामो समय एमालेको राजनीतिमा सक्रिय गौतम एमाले जिल्ला सदस्यसमेत हुन ।
शिक्षकबाट राजीनामा दिएर गौतम एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन ।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *