२०८१ बैशाख २१ गते शुक्रवार

सुदूरपश्चिम प्रदेश सरकार अहिल्यै परिवर्तन हुँदैन : दाहाल

कैलाली,मंसिर ८ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सुदूरपश्चिम प्रदेश सरकार अहिल्यै परिवर्तन नहुने बताएका छन् ।

बुधबार बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाहालले प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताएका हुन् ।

उनले वर्तमान सरकारलाई तदारुकताका साथ काम गर्न आग्रह गरेका छन् । यसैगरी, उनले एमसीसीको विषयमा सबैसँग सल्लाह गरेर अगाडि बढ्ने बताएका छन् । तीन तहको चुनाव एकसाथ गर्नु पर्ने दाहालको जोड छ । यसो गरेमा खर्च कम हुने उनले बताए ।

भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र पार्टीको कार्यक्रमका लागि अध्यक्ष दाहाल कैलाली आएका हुन्।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *