२०८१ बैशाख १९ गते बुधवार

अम्बिकेश्वरी यातायात प्रालिले गाडी धनिलाई दिन थाल्यो राहात कोष


तुलसीपुर, चैत ३० । तुलसीपुरस्थित अम्बिकेश्वरी यातायातले प्रालिले गाडी धनिलाई राहात दिन सुरु गरेको छ ।
नयाँ बर्ष २०८१ देखि अम्बिकेश्वरीले पहिलो पटक लगत कट्टा गरि राहात दिन सुरु गरेको हो ।


शुक्रबार रा १ ख ४८७७ नम्बरको बसका गाडी धनी नरेन्द्र बादीलाई अम्बिकेश्वरीका अध्यक्ष घनश्याम बस्नेतले दुई लाख रासीको चेक हस्तान्तरण गरि राहात कोषको सुरुवात गरेका थिए ।


प्रालिमा पाँच बर्ष भन्दा बढी चलेका गाडीको लगत कट्टा गरि राहात दिन थालिएको अध्यक्ष बस्नेतले बताए ।


एसी, डिलक्स र हायस गाडी काटेबाफत तीन लाख, मिनी र फोर्स गाडीको दुई लाख र ट्याक्सी र म्याजिक गाडीको एक लाख लगत कट्टी बाफत दिने निर्णय गरिएको अध्यक्ष बस्नेतले फरककोणलाई बताए ।

यसैबीच नयाँ बर्षको उपलक्ष्यमा यो प्रालिले सामाजिक उत्तरदायित्व अन्तरगत बृद्ध आश्रममा गइ खाना खुवाउने तथा फलफूल बितरणको कार्यक्रम गर्न थालेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *