दाङ, बैशाख १४ । हत्या गरेको आरोपमा प्यूठानमा चार महिला १७ बर्ष पछि पक्राउ परेका छन् ।
जिल्लाको साबिक हंसपुर गाउँ बिकास समिति वडा नं. ९ र हाल सरुमारानी गाउँपालिका – ४ ओखर डाँडाकी ३० बर्षीया हरिकला बुढाथोकीको १७ बर्ष पहिला कुटपिट बाट हत्या भएको थियो ।
हरिकला माथि २०६३ साल असोज ९ गते कुटपिट भएको थियो भने उनको १२ गते उपचारका क्रममा साबिक बुटवल अंचल अस्पतालमा मृत्यु भएको थियो ।
पर पुरुष संगको सम्पर्कबाट छोरा जन्माएको भन्दै स्थानीय ६७ बर्षीया हुमीकुमारी देबी सारु, ७५ बर्षीया दिलीसरा देबी सोमै कुटपिट गरेका थिए । बुढाथोकीको असोज १२ गते तत्कालिन बुटवल अंचल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । कुटपिटमा संलग्न आरोपित मध्य यो बीचमा हिमीकुमारी रानाको भने मृत्यु भइ सकेको प्रहरीले जानकारी दिएको छ ।
हालसालै हरिकला माथि कुटपिट गरेको आरोपमा ६७ बर्षीया हुमीकुमारी देबी सारु र ७५ बर्षीया दिलीसरा देबी सोमैलाई पहिला प्रहरीले पक्राउ गरेको थियो ।
घटना अनुसन्धान गर्ने क्रममा हरिकला माथिको कुटपिटमा स्थानीय ३९ बर्षीया झबिसरा पुलामी, ४० बर्षीया सितादेबी पुलामी र ४९ बर्षीया पुतलीदेबी नेपालीको पनि संलग्नता खुलेको थियो । हरिकलामाथि कुटपिटमा संलग्न भनिएकी एक जना अरोपी हिमीकुमारी रानाको भने यो बीचमा मृत्यु भइ सकेको प्रहरीले जानकारी दिएको छ ।
हत्या गरिएकी हरिकला स्थानीय धर्र्मराज बुढा मगरको श्रीमति थिइन । जिल्ला प्रहरी प्रमुख डिएसपी इश्वर थापाका अनुसार त्यो समय धर्मराज रोजगारीको सिलसिलामा १४ महिनादेखि छिमेकी देश भारतमा बस्दै आएका थिए ।
त्यो बीचमा हरिकलाले पर पुरुषको सम्पर्कबाट छोरालाई जन्म दिएकी थिइन । पर पुरुष संगको अबैध सम्बन्धका कारण छोरा जन्माएको बाहनामा नजिकका आफन्तसहित स्थानीय महिलाले हरिकला माथि कुटपिट गरेको तथ्य अनुसन्धानबाट खुलेको डिएसपी थापाले बताए ।
पक्राउ परेका चारै जना महिला बिरुद्ध कतब्र्य जान शिर्षकमा मुद्दा चलाउने गरि प्रहरीले मिसिल तयार पारी सरकारी वकिलको कार्यालयमा बिहीबार पेश गरेको थियो । त्यसका आधारमा सरकारी वकिल कार्यालयले सोही मुद्दा जिल्ला अदालतमा दायर गरेको छ ।
