२०८१ बैशाख १९ गते बुधवार

तरुण दलले फुटबलमा जित्यो खसी


तुलसीपुर, बैशाख १ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले फुटवलमा खसी उपहार जितेको छ ।


तुलसीपुर उपमहानगरपालिका – १० गौरीगाउँको खेल मैदानमा नेकपा एमाले निकट युवा संघले आयोजना गरेको फुटवल प्रतियोगितामा नेपाल तरुण दल दाङले खसी उपहार जितेको हो ।


तुलसीपुर उपमहानगरपालिका – ५ का तरुण दलका अध्यक्ष जिबी जिएम नेतृत्वको फुटवल टोलीले शुक्रबारको फाइनल खेलमा नेपाल निजामती कर्मचारी संगठनलाई शून्यका बिरुद्ध एक गोल अन्तरले पराजित गर्दै खसी उपहार जितेको हो । तरुण दलका लागि दोस्रो हापको करिब दश मिनेट बाँकी छँदा लेखनाथ महरले गरेको गोल नै निर्णायक बनेको थियो ।


जम्मा पाँच टिम सहमागी प्रतियोगिता अन्तरगतको पहिलो खेलमा नेपाल तरुण दलले एमाले निकटको राष्ट्रिय युवा संघलाई शुन्यका बिरुद्ध चार गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । प्रतियोगिता अन्तरगतको अर्कौ खेलमा नेकपा माओबादी केन्द्रको भातृ संगठन वाइसियल दाङलाई सृजनशिल युवा क्लबकले पराजित गरेको थियो ।


प्रतियोगिता बिजेता नेपाल तरुण दललाई नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले खसी उपहार प्रदान गरेका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *