२०८१ असार ८ गते शुक्रवार

डिएसपीको अवरोध पछि टेकराम खड्काले रोके निशुल्क पानी बितरण अभियान

तुलसीपुर, बैशाख २१ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलको अवरोधका कारण तुलसीपुरमा टेकराम खड्काले निशुल्क पानी वितरण अभियान शुक्रबारदेखि रोकेका छन् ।

एकान्त होटेलका संचालक खड्काले तुलसीपुरका गर्मी मौसम सुरु भएपछि बटुवाका लागि भनेर तुलसीपुरको बिपी चोक नजिकै बिगत १५ बर्षदेखि निशुल्क खानेपानी बितरण गर्दै आएका थिए ।

खाने पानी वितरण गरि रहेको ठाउँमा पुगेर बिहीबार दिउँसो डिएसपी पोखरेलले निशुल्क खानेपानी बितरण रोक्न आग्रह गरेका थिए । टेकरामका छोरा हेमन्द्र खड्काले बिपी चोकमा पुगेर डिएसपी पोखरेलले माथिको आदेश भन्दै खानेपानीको निशुल्क वितरण रोक्न आँफुलाई ताकेता गरेको बताए ।


‘ डिएसपी आएर तत्काल निशुल्क खाने पानीको बितरण रोक्न वा अनेत्र कुनै ठाउँमा सार्न नत्र कुनै ब्यक्ति त्यहाँ हुने जमघटका कारण दुर्घटनामा परे त्यसको सम्पूर्ण जिम्मेवारी लिन चेतावनी दिनु भएको हो,’ हेमेन्द्र खड्काले भने ।
बिपी चोकमा पुगेर भने जस्तै गरि डिएसपी पोखरेलले हेमेन्द्रका बुवा टेकरामलाई समेत फोन सम्कर्प गरि बिपी चोकबाट बटुवाका लागि भनेर भइ रहेको निशुल्क खानेपानी रोक्न वा अन्य कुनै ठाउँमा सटर भाडामा लिएर मात्रै त्यो अभियान संचालन गर्न आग्रह गरेको टेकरामले फरककोणसंग गुनासो गरे ।


‘मैले बिगत १५ बर्षदेखि संचालन गर्दै निरन्तर संचालन गर्दै आएको निशुल्क पानी बितरण अभियान डिएसपी पोखरेलका कारण रोक्न बाध्य भए,’ टेकरामले भने ‘ यो सुख्खा मौसममा गाउँ घरबाट आउने सर्वसाधरण कोही पनि खाने पानी पिउन पाउने अधिकार बाट बञ्चित नहोउन भनेर गर्दै आएको समाजसेवा रोक्नु खोज्नुले मलाई दुःख लागेको छ ।’


तुलसीपुरमा टेकराम खड्काले बिगत १५ बर्षदेखि निशुल्क खानेपानी अभियान संचालन गर्दै आएका छन् भने आँफु बाँच्दासम्म त्यो अभियान संचालन गर्ने बताउँदै आएका थिए । टेकरामले दुई महिना संचालन हुने अभियानका लागि आँफुलाई कसैले पनि भने जस्तो ठाउँमा निशुल्क खाने पानी अभियान संचालनका लागि सटर नदिने भएर बिपी चोकमा अभियान संचालन गर्दै आएको बताए ।


तपाँईले किन टेकरामले संचालन गर्दै आएको निशुल्क खाने पानी आभियान रोक्न निर्देशन दिनु भएको हो ? भन्ने प्रश्नमा डिएसपी पोखरेलले भने संभावित दुर्घटनाको संभावनालाई मध्यनजर गर्दै अभियान रोक्न वा अनेत्र सार्न आग्रह गरिएको बताए ।


‘राप्ती राजमार्ग अन्तरगत पर्ने तुलसीपुरको ब्यस्त सडक पेटीमा त्यसरी निशुल्क खाने पानी वितरण गर्दा कुनै दुर्घटना भए त्यसको जिम्मेवारी कस्ले लिन्छ,’ डिएसपी पोखरेलले भने ‘ त्यही भएर मैले उहाँलाई तुलसीपुरका अन्य कम ब्यस्त हुने सडक वा सटर लिएर मात्रै त्यो अभियान संचालन गर्न भनेको हुँ ।’

टेकराम खड्काले भने आँफुले सामाजिक कार्य गरेको भन्दै अभियान चल्दाको दुइ महिनाको अबधिमा पनि प्रहरी प्रशासनले सघाएर एक जना ट्राफिकलाई सवारी ब्यबस्थापनका लागि खटाउन सक्नु पर्ने माग गरे ।


त्यसबारे प्रश्न गर्दा डिएसपी पोखरेलले त्यो कुरा नकार्न भने सकेनन् । ‘ठिकै छ उसो भए भोलिदेखि पुुनः अभियान संचानल गर्न भनिदिनुस र तपाँई आँफैले पनि ट्राफिकलाई त्यहाँ खटिनु पर्छ भन्ने कुरा गरि दिए अझैं राम्रो होला।’


सर्वसाधारण नागरिकले भने डिएसपीको कदमको बिरोध गरेका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *