तुलसीपुर, बैशाख २१ । ३१औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवशरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले शुक्रबार तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम ग¥यो ।
मर्यादित एवं ब्यबसायिक पत्रकारिता केन्द्रबिन्दुमा श्रमजिबी पत्रकारको सुरक्षा बिषय अन्तरक्रिया कार्यक्रम समाजका शाखा सभापति कमल डाँगीको अध्यक्षतामा तुलसीपुरका द पार्क क्याफेमा भएको हो ।
कार्यक्रमका बक्ताहरु मध्य दलित अधिकारकर्मी निर्मल नेपालीले आम नागरिकको हितमा पत्रकारिता समर्पित हुनुपर्ने बताए । नेपाल पत्रकार महासंघ दाङकी सहसचिव दिप्तीशिखा चौधरीले संचार गृह संचालकहरुले त्यसमा कार्यरत श्रमजिबी पत्रकारहरुलाई आर्थिक रुपमा बलियो बनाउन भूमिका खेल्न जरुरी रहेको औंल्याइन ।
नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले जबाफदेखी तथा जिम्मेवार पत्रकारिता र सामाजिक संजालको अन्तर्य बीचको भेद चिर्ण जरुरी रहेको बताए । प्रेस चौतारी नेपाल दाङका अध्यक्ष प्रेमबहादुर राम्जाले कुनै पनि असल पत्रकारले सम्बन्ध र आश्थाका आधारमा भन्दापनि सत्य र तथ्यको जगमा टेकेर कलम चलाउनु पर्नेमा जोड दिए ।
त्यसअन्तरक्रिया कार्यक्रममा पत्रकार भरतराज शर्मा, बालाराम खड्का, वशन्त पौडेल, एकराज भण्डारी लगाएतले पछिल्लो समय पत्रकारितामा भित्रिएको बिकृतिका कारण समाजले पेशा प्रति औंला ठड्याउन नपाउने गरि जिम्मेवार भएर पत्रकारले कलम चलाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको सहजीकरण पत्रकार तथा मानवअधिकार तथा शान्ति समाजका यसअघिका केन्द्रीय उपाध्यक्ष सुशिल बस्नेतले गरेका थिए ।