२०८१ बैशाख १८ गते मङ्गलवार

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं,चैत ३० । संघीय संसदअन्तर्गत शुक्रबार राष्ट्रियसभाको बैठक बस्दैछ ।


बैठक आज दिउँसो सवा १ बजेबाट सुरु हुनेछ । आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘निः शुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रश्ताव प्रश्तुत गर्ने, ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *