२०८१ असार ८ गते शुक्रवार

लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त


दाङ, बैशाख १८ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सल्लाहकारमा सुरेश गौतम नियुक्त भएका छन ।

अर्थमन्त्रालयमा बसेर काम गर्नेगरी मुख्यमन्त्री जोखबहादुर महराले गौतमलाई आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन ।


घोराही उपमहानगरपालिका–१२ निवासी गौतम आर्थिक क्षेत्रको विज्ञ मानिन्छन् । व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तीर्ण गरेका गौतम अर्थमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलको सचिवालयमा रहेर कार्य अनुभव संगाली सकेका छन ।


यसैबीच गौतमलाई मंगलबार अर्थमन्त्री चेतनारायण आचार्यले मन्त्रालयमा स्वागत गरेका छन ।

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *