
करिब २ बर्ष अगाडि सयुक्त राज्य अमेरिका आएका श्रवण कुमार सुवेदीको न्युयोर्कको जमैका अस्पतालको आइसियु भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको पारिवारीक श्रोतले बताएको छ ।
३९ वर्षिय सुवेदी दाङ तुलसीपुर १६ उत्तर कुरहरियाका स्थायि बासी हुन । सुवेदी लामो समय देखि घाँटी र टाउकोको क्यान्सर पिडित थिए ।
सुवेदीले बिगत ४ महिना देखी औषधि उपचार गराइरहेका थिए । तर अहिले उनको अवस्था चिन्ताजनक रहेको र नेपाल बाट सुवेदीका आफन्त नआउँदासम्म भेन्टिलेटरमा नै राखिने परिवार निकट हेम राज सुबेदी जानकारी दिएका छन् ।
सुवेदीको आर्थिक स्थिति कमजोर रहेका कारण आर्थिक सहयोगको अपिल गरिएको छ । राप्ती सेवा समाज न्युयोर्कको पहलमा सुरु गरिएको गोफण्डमीमा सहयोगका लागि सबैलाई अनुरोध गरिएको राप्ती सेवा समाज न्युयोर्कका प्रेस सल्लाहकार सन्तोष शर्माले जानकारी दिएका छन् ।