२०८१ असार ३ गते आइतवार

शुक्रबार सुनचाँदीको मूल्य घटयो


काठमाडौं,बैशाख २१ । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार १ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३५ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बिहीबार छापावाल सुन तोलाको १ लाख ३६ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार कारोबार भएको थियो ।

त्यसै गरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *