तुलसीपुर, बैशाख २० । नेकपा एमाले दाङको १४ औं अधिवेशन जेठ ६ गते हुने भएको छ ।
बुधबार बसेको जिल्ला कार्यसमितिसहित जिल्लामा उपलब्ध केन्द्रीय पदाधिकारीको बैठकले जेठ ६ गते घोराहीस्थित पार्टी कार्यालयमा अधिबेशन गर्ने निर्णय गरेको हो ।
अधिबेशनले एमाले दाङको नयाँ नेतृत्वपनि चयन गर्ने छ । नेतृत्वको लागि एमाले दाङमा अहिलेकै अध्यक्ष हुकुमबहादुर बस्नेत फेरि दोहरिने कतिपय बताउँछन् । अध्यक्ष पदको अर्कौ प्रमुख दाबेदारमा सचिव मनोहर बुढाथोकीको नामपनि चर्चामा छ ।
यी बाहेक अन्य ब्यक्तिपनि अगाडि सर्न सक्ने एक नेताले बताए ।
जिल्ला नेतृत्व चुन्ने तयारी स्वरुप जिल्लाका एक सय वटा वडाहरुमा यही २८ गते प्रतिनिधि छनोट गरिने भएको छ ।
२० जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनोट गरिने छ । जसमा तीन जना मध्य एक जना महिला अनिबार्य गरिएको छ ।
अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम तय भएको छ ।