काठमाण्डौ,असोज २५ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ।
आइतबार भर्चुअल रुपमा सम्पन्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। आगामी अक्टोबर २३–२५ मा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने मिति तय भएको थियो।
अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गर्ने निर्णय भएको संघका महासचिव डा. हेमराज शर्माले अनलाइनखबरलाई बताए।
यो बाहेक ६५ प्रतिशत प्रतिनिधि छनोटबारे परराष्ट्रको परिपत्रलाई हामीले स्वीकार गरेनौं। त्यसबारे कानुनविद तथा परराष्ट्रसँग थप परामर्श गर्ने निर्णय गरेका छौँ,’ उनले भने।
अधिवेशनको नयाँ मितिबारे थप निर्णय अर्को साता बस्ने आईसीसीको बैठकले निर्णय गर्ने महासचिव शर्माले बताए।
सन् २०१९–२०२१ को कार्यकाल अक्टोवर १८ देखि सकिदै छ। त्यो अगावै आईसीसीको बैठक बसेर महत्वपूर्ण निर्णयहरु गर्ने तयारी संघले थालेको छ।