२०८३ असार २७ गते शनिवार

लुम्बिनीमा कांग्रेसले टुङ्ग्यायो मन्त्री बन्नेको नाम, मन्त्रिपरिषद् विस्तारको तयारी

दाङ,असोज २४ । सत्तासाझेदार नेपाली कांग्रेसले लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्मा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ। यो सँगै मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

गठबन्धनका नेकपा माओवादी(केन्द्र) र नेकपा (एस)ले यसअघि नै मन्त्रीको नाम टुङ्ग्याइसकेका छन्। मुख्यमन्त्री कार्यालयले दिउँसो तीन बजे शपथको तयारी गरेको बताइएको छ।

नेपाली कांग्रेसले यसअघि नै वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँलाई पठाउने निर्णय गरिसकेको थियो।

त्यसबाहेक आज उर्जा जलस्रोत तथा सिँचाई मन्त्रीका लागि पाल्पाका वीरबहादुर रानालाई पठाउने निर्णय भएको स्रोतको दाबी छ। त्यसबाहेक राज्यमन्त्रीमा पनि निर्णय भइसकेको बताइएको छ।

नेकपा माओवादी(केन्द्र)ले भने यसअघि नै सरकारमा सहभागी हुने दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाएको थियो। दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मालाई मन्त्रिपरिषद्मा पठाउने निर्णय माओवादीले गरेको हो। निर्णय अनुसार दाङकी विमला वली राज्यमन्त्री बन्नेछिन्।

माओवादी केन्द्रले मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, सञ्चार, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ।

माओवादीले पाएका चार मन्त्रालयमध्ये एक मन्त्रालय नेकपा ९एस० लाई दिएर मन्त्रिपरिषद विस्तार गर्न लागेको मुख्यमन्त्री सचिवालयले जनाएको छ। नेकपा९एस०बाट एकमात्र सांसद पाल्पाकी रमा घर्ती मन्त्री पनि सरकारमा सहभागी हुनेछिन्।

१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो।

जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था पाएको छ। त्यस्तै स्वतन्त्रका अजय शाही उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री छन्।

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *