२०८२ चैत्र २ गते सोमवार

तिलक रावत प्रतिपर्धी भन्दा १२४ मत बढी ल्याएर घोराही नगर सभापतिमा निर्वाचित

तुलसीपुर, असोज ९ । घोराही उपमहानगरपालिकाको सभापतिमा ३० बर्षीय तिलक रावत निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत शनिबार नगरमा नेतृत्व चुन्न मतदान भएको थियो ।

प्राप्त मत परिनाम अनुसार रावतले २८६ मत प्राप्त गरि नगर सभापतिमा बिजयी भएका हुन । रावतले आफ्ना प्रतिपर्धीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन ।

२८ बर्षीय निरज गिरीले १६२ मत मात्रै प्राप्त गरेका थिए । रावत र गिरी बीचको मतअन्तर १२४ रहेको छ ।
घोराहीमा कुल ४६८ मतदाता रहेकोमा ४६२ मत खसेको थियो ।

त्यस्तै उपसभापतिमा दुर्लभ केसी २९४ र प्रदीप सुबेदीले २३५ मत प्राप्त गरि बिजयी भएका छन् । उनीहरुका प्रतिपर्धीहरु श्रीधर महराले २०० र बेदबहादुर लामिछानेले १२५ मत प्राप्त गरेका थिए ।

त्यस्तै सचिव पदमा भिमकान्त चौधरी २९१ मत र पुष्पराज आचार्य २६० मत प्राप्त गरि बिजयी भएका छन् । उनीहरुका प्रतिपर्धीहरु किरण पौडेलले १४९ र मनोज केसीले १७१ मत प्राप्त गरि पराजित भएका थिए ।

त्यस्तै सहसचिव पदमा चेतन बस्नेत २९५ मत र राजकुमार बस्नेत २८२ मत प्राप्त गरि बिजयी भएका छन् । उनीहरुका प्रतिपर्धीहरु सतिश शर्माले १३६ र भरत धितालले १४९ मत प्राप्त गरेका थिए ।

घोराहीको पनि परिनाम सार्वजनिक भएसंगै अब तुलसीपुर उपमहानगरपालिकाको मात्रै परिनाम आउन बाँकी रहेको छ ।

यो पनि पढ्नुहोस

अन्तिममा घोराहीमा जोशिला र मिल्ने दूई मित्र सभापतिको दौडमा आमने सामने

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *