२०७८ कार्तिक १ गते सोमवार

अन्तिममा घोराहीमा जोशिला र मिल्ने दूई मित्र सभापतिको दौडमा आमने सामने

तुलसीपुर, असोज ४ । नेपाली काँग्रेसको आशन्न १४ औं महाधिबेशन अन्तरगत घोराही उपमहानगरपालिकामा जोशिला दूई समकालिन मिल्ने मित्रहरु सभापतिको दौडमा आमने सामने उभिन लागेका छन् ।

पार्टी र संगठनले तोक्ने हरेक आन्दोलनहरुमा जहाँपनि संगसंगै उभिने दूई जोशिला मित्रहरु तिलक रावत र निरज गिरी घोराहीमा नगरसभापति पदका लागि आमने सामने खडा हुने निश्चित जस्तै देखिएको छ ।

यसअघि पार्टीको संस्थापन इतर पक्षबाट सभापतिमा उम्मेदवारी घोषणा गरेका घोराही १५ का वडाध्यक्ष रमेश पाण्डे दौडबाट बाहिर पछि दूई मिल्ने र जोशिला मित्रहरु सभापतिको पद हत्याउन आमने सामने भएका हुन ।

पाण्डेले सभापतिको रेशवाट आउट हुने निर्णय गरेसंगै पार्टी भित्रको संस्थापन इतर पक्षधरको भेलाले अन्तिममा रावतसंग भिड्नको लागि गिरीलाई उक्त पदमा खडा गरेको हो । २८ बर्षीय गिरी नेपाल बिद्यार्थी संघका जिल्ला सदस्य र घोराही १५ नम्बर वडाका नेपाली काँग्रेसका वडा कोषाध्यक्ष हुन ।

त्यस्तै ३० बर्षीय रावत साबिक क्षेत्र नं. ४ का नेविसंघ क्षेत्रीय सभापति हुन । ‘हामी नेविसंघको राजनीतिपनि संगसंगै गरेका ब्यक्ति हौ,’ गिरीले भने ‘पार्टी र संगठनले गर्ने हरेक आन्दोलनहरुमा पनि हामीहरु संगसंगै खटिने इमान्दार सिपाहीहरु हौं।’

आफूहरुका बीचमा अहिले पनि निकै सुमधुर सम्बन्ध रहेको भएपनि लोकतान्त्रिक पार्टीमा नेतृत्वको दौडमा लोकतान्त्रिक ढंगले आमने सामने हुनुलाई सहज रुपमा आँफूले लिएको गिरीले बताए । ‘चुनाबको दिनसम्म मात्रै हाम्रा बीचमा स्वच्छ रुपमा प्रतिपर्धा हुन्छ,’ गिरीले भने ‘त्यसपछि जस्ले जितेपनि हाम्रो सम्बन्ध पहिले जस्तै सहज र मित्रबत नै रहने छ ।’

गिरीले आँफूले जिते गाँउ गाँउसम्म अर्थात नगरका बिकट बस्तिदेखि सहरसम्म पार्टी भित्र सबैलाई जोड्ने गरि अभियान चलाउने बताए । ‘ म सबैलाई काँग्रेससंग जोड्ने पुलको रुपमा काम गर्ने छु,’ गिरीले भने ‘ त्यसका लागि सबै वडाहरुमा आवश्यकता अनुसार समय समयमा प्रशिक्षण चलाउने छु ।’

अहिले पार्टी भित्र तल्लो तहका कार्यकर्तालाई आन्दोलन र अधिबेशनको समयमा मात्रै खोज्ने प्रबृति रहेको भन्दै आँफूले जिते त्यस्लाई चिर्दै प्रशिक्षण चलाएर सबल तथा सक्षम नेतृत्व बिकासका लागि भूमिका खेल्ने गिरीले बताए ।

‘पार्टीमा युवालाई ल्याउने नाममा नब प्रबेशीहरु धमाधम स्थान दिनुपनि एक किसिमको बेथिति नै हो,’ गिरीले भने ‘ कम्तिमा नेतृत्वमा आउने युवाको पार्टीमा संगठनमा केही त योगदान हुनै पर्छ । अग्रजको योगदानलाई समेत उस्ले बुझेको हुुनुपर्छ।’
योग्य युवाहरु अगाडि बढ्न जरुरी रहेपनि पार्टीमा बसौंदेखि काम गरेका र महत्वपूर्ण योगदान रहेका अग्रजहरुको उचित सम्मान गर्न आँफूले जिते पहल गर्ने गिरीले बताए ।

यही असोज ९ गते नगरको नेतृत्व चुन्ने गरि मिति तय गरिएको छ । यी दूई समकालिन र जोशिला मित्र बीचको प्रतिपर्धालाई पार्टी भित्र महत्वका साथ हेरिएको छ । जस्ले जितेपनि नगरमा जोशले भरिएका र भर्भराउँदा युवाहरुको नेतृत्व कायम हुने छ ।

फरककोणले यसअघि नै पार्टी भित्रको संस्थापन पक्षधर मानिने रावतको धारणापनि सार्वजनिक गरेको थियो । गिरीलाई राष्ट्रियसभा सदस्य अनिता देबकोटा, पूर्व जिल्ला सभापति बीरकेशरी गौतम लगाएतको समर्थन छ । रावतलाई संविधानसभा सदस्य राजु खनाल, काँग्रेस क्षेत्र नं. २ का सभापति भूपबहादुर डाँगी लगाएतको साथ समर्थन रहेको स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *