२०८२ कार्तिक ३० गते आइतवार

वडा अधिवेशनले कांग्रेसलाई बलियो बनाउने नेतृत्व चयन गर्न सकोस् : प्रकाशमान

काठमाडौँ,भदौ १८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्वस्थ प्रतिस्पर्धाबाट सबल नेतृत्व चयन गर्न कार्यकर्ताहरुलाई अपील गरेका छन् ।

उनले कांग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना पनि गरेका छन् ।

१४ औं महाधिवेशन अन्तर्गत आजबाट सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश दिंदै नेता सिंहले भनेका छन्, ‘कांग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना गर्दछु । त्यसतर्फ तल्ला तहबाटै प्रयत्नहरू अघि बढाउन पनि म देशभरका साथीहरूसँग अपील गर्दछु ।’

 

विधिसम्मत र स्वस्थ्य प्रतिस्पर्धाबाट क्षमतावान नेतृत्व चयन गर्न वडा अधिवेशन सफल होस् भनेर उनले शुभकामना पनि दिएका छन् ।

वडामा सक्षम र सशक्त नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्ने बताउँदै उनले लोकतान्त्रिक विधि–प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट सबल नेतृत्व चयन गर्न अपील गरेका छन् ।

संविधानको रक्षा, संघीयता, समावेशीता, समानुपातिक सहभागिता, युवा प्रतिनिधित्वलाई थप मजबुत बनाउनसक्ने र देशलाई समृद्धिको बाटोमा लैजाने दृष्टिकोणसहितको नेतृत्व आजको आवश्यक्ता भएको उनले बताएका छन् ।

 

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *