२०८२ बैशाख ३० गते सोमवार

एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं,साउन १७ । शनिबार स्थगित भएको नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ।

आइतबार अपरान्ह ३ बजे स्थायी कमिटी बैठक बस्न लागेको हो। बैठकमा पार्टीभित्रको आन्तरिक विवादबारे छलफल हुने बताइएको छ।

विवाद समाधान गर्ने पहल भइरहेका बेला पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच दूरी टाढिदैछ।

शनिबार बेग्लाबेग्लै स्थानमा भएका कार्यक्रममा अध्यक्ष ओली र नेपालले एकअर्काको आलोचना गर्नेमै समय विताए।

नेपाललाई एकताको आग्रहमा नै संस्थापन पक्षका पौडेल र नेम्बाङले शुक्रबार र शनिबार पालैपालो भेटेका थिए।

वरिष्ठ नेता नेपाल आफूलाई ओली बराबरको हैसियत पार्टीमा भए मात्रै एकता गर्ने बताइरहेका छन्। नेपालका सर्त थपिँदै गएका छन्। उनी ओलीलाई अध्यक्ष मान्न पनि अनकनाइरहेका छन्।

अध्यक्ष ओलीले माधव नेपाललाई पार्टीमा कुनै स्थान नरहेको बताउँदै आएका छन्। उता वरिष्ठ नेता नेपालले पनि अध्यक्ष ओली पुनस् प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन्।

दुवैले दिएका एकता विरोधी अभिव्यक्तिले अब नेकपा फुटको संघारमा पुगेको अनुमान लगाउन सकिन्छ।

 

 

प्रकाशित मिति : २०७८ साउन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *