२०८१ चैत्र ४ गते सोमवार

विद्यार्थीलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी साथी शिक्षक तालिम

तुलसीपुर,साउन १२ ।किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी ३ दिने साथी शिक्षक तालिम तुलसीपुरमा भएको छ ।

महिला पुनःस्थापना केन्द्र (ओरेक) दाङको आयोजनामा भएको उक्त तालिमको मंगलवार एक कार्यक्रमका बिच समापन गरिएको छ ।

सो अवसरमा बोल्ने बक्ताहरुले यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी हुने विभिन्न खाले हिंसालाई न्युनीकरण गर्नका लागि यस्ता खालका तालिम तथा कार्यक्रमहरु महत्वपुर्ण हुने बताए ।

विद्यार्थीहरुका लागि यो तालिम सहयोगी र उपयोगी भन्दै उनीहरुले ओरेक दाङलाई धन्यावाद पनि दिए ।

तालिममा सहभागी नन्दनी गिरीको अध्यक्षतामा भएको कार्यक्रममा गुरुजजुर मावी रक्षाचौरका बालक्लव संरक्षण समितिका शिक्षक प्रमोद कुमार न्यौपाने,बिरेन्द्र मावी हेकुलीका शिक्षक दिनेश कुमार रेग्मी,मावी बालापुरका शिक्षक उसा गौतम,शिवशक्त मावीका शिक्षक ठुमराज लामिछाने लगाएतले पितृसत्तात्मक सोचलाई परिवर्तन गर्न ओरेकले बालविवाह न्यूनीकरण,लैगिक हिंसा,यौन प्रजनन् स्वास्थ्य जस्ता कार्यक्रमहरु गरेर ठुलो प्रयास गरेको बताए ।

यौन शिक्षा अति नै आवश्यक भएकाले यस बारेमा विद्यार्थीसगंसगै उनीहरुको अभिभावकलाई पनि तालिमहरु दिन सकेमा अझ प्रभावकारी हुनेमा जोड दिए ।
कार्यक्रममा ओरेक दाङका जिल्ला संयोजक इश्वरी थापाले यौन, प्रजनन स्वास्थ्य शिक्षा र परिवार नियोजनका बारेमा चेतना जगाउन तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान आग्रह गरिन् ।

त्यस्तै कार्यक्रममा सहभागी बालापुर मावीका युवराज वलि,मावी कालाखोलाका प्रमिला वलि,भानु मावीका विष्णु खड्का,अमर मावी उरहरीका दधिराम परियार ,बालमितेरी मावी भोजपुरका अस्मिता चौधरी लगाएतले तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए।

तालिममा जिल्लाका १४ वटा विद्यालयका विद्यार्थीहरुहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको सहजीकरण सहभागी बिबेक खड्का र टिका खड्काले गरेका थिए।

प्रकाशित मिति : २०७८ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *