२०७८ असोज ८ गते शुक्रवार

काँग्रेस नेता गिरीलाई गृह जिल्लामा भब्य स्वागत

तुलसीपुर, साउन ९ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीको गृह जिल्ला दाङमा शनिबार भब्य स्वागत भएको छ ।

पूर्व मन्त्री गिरीको स्वागत र सम्मानको लागि दर्जनौं युवा नेता कार्यकर्ता राप्ती राजमार्ग अन्तरगत ठूलो लेकसम्म पुगेका थिए ।

नेपाली काँग्रेसका युवाहरु पार्टीको झण्डा फहराउँदै नेता गिरीको स्वागत गर्न गएका थिए ।

उनीहरुले नेपाली काँग्रेस जिन्दाबाद, दीपक गिरी हाइहाई भन्ने जस्ता नाराबाजी गरेका थिए ।

नाराबाजी र ¥यालीसहित तुलसीपुर आएपछि नेता गिरीले तुलसीपुरको बीपी चोकमा सयौं कार्यकर्तालाई सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले सर्बौच्च अदालतका कारण बिधिको शासन, लोकतन्त्र र संबिधानको रक्षा भएको तर्क गरे ।


‘केपी शर्मा ओलीले घाँटी निमोठ्न खोजेको संविधानको अदालतले रक्षा गरेको छ,’ उनले भने ‘ अदालतका असत्य र अतिबादी सोच बोकेकाहरु परास्त भएका छने ।’

काग्रेस सहितका अन्य दलको एकताले संविधानको र लोकतन्त्रको संरक्षण हुनुका साथै एक जना सनकी शासकको अन्त्य भएको उनले बताए ।

नेता गिरीले अहिलेको अवस्थामा बिकाशका साथै जनताको ज्यान जोगाउनु महत्वपूर्ण सवाल रहेको हुँदा काँग्रेसले कोरोना बिरुद्धको खोप आम नागरिकलाई दिने बताए ।


त्यस्तै नेता गिरीले मुलुकको शान्ति, विकास र युवारुलाई रोजगारी सृजन ागर्नका लागि कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।

तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँमा निर्मित नेपाली कांग्रेस पार्टी कार्यालयको भवन उद्घाट्न गर्न नेता गिरी गृह जिल्ला दाङ आएका हुन ।

तस्बिरहरु – अर्जुन भट्टराई

प्रकाशित मिति : २०७८ साउन ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *