२०८१ चैत्र ६ गते बुधवार

रुपन्देहीमा शुक्रबार ३३ संक्रमित थपिए

बुटवल,साउन ८ । रुपन्देहीमा शुक्रबार थप ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ७१ जनाको पिसिआर परिक्षण गर्दा ९ प्रतिशतमा संक्रमण देखिएको हो ।

तिलोत्तमामा १४ जना संक्रमित थपिएका छन्।

त्यस्तै बुटवलमा ९, देवदहमा ४, सिद्धार्थनगर, सैनामैना र कञ्चनमा २ २ तथा शुद्धोधनमा एक जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । शुक्रबार सक्रिय संक्रमितको संख्या ३ सय ३२ रहेको छ।

रुपन्देहीमा हाल सम्मको कुल संक्रमितको संख्या २८ हजार ९ सय २२ पुगेको छ । जस मध्ये २८ हजार ८४ जना निको भइसकेका छन्। अहिलेसम्म ५ सय ६ जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *