तुलसीपुर, साउन ७ । सरुवा भएर आए लगत्तै दाङ जिल्लामा आफुले तीन स्थानबाट सेवा दिने उद्घोष गरेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले हरेक बुधवार तुलसीपुरका लागि छुट्याएका छन् । यद्यपी यो बुधवार सार्वजनिक विदाको दिन प¥यो । तैपनि उनले अनौपचारिक अवलोकन र अनौपचारिक छलफलका ६ कार्यक्रममा सामेल भए ।
भिन्न भिन्न कार्यक्रममा सहभागि प्रअिज कुरुम्बाङले बुधवार विशेष गरी स्वास्थ्य र सामाजिक क्षेत्रको स्थलगत अनुगमन गरे ।
मेट्रो अस्पताल पुगेर के भने ?
कोरोनाको दोस्रो लहर मत्थर भएसंगै खोप तेस्रो लहर आउँछ कि भनेर त्रास छ । यो बीचमा खोप अभियानसमेत जारी छ ।प्रजिअ कुरुम्वाङ भने अक्सिजन प्लान्टकै समस्या हुन सक्ने भन्दै सकेसम्म अक्सिजन प्लान्ट निर्माणमा जुट्न सरोकारवाला सवैलाई आग्रह गरिरहेका छन् ।
क्रमश बजारमा गतिविधिहरु वाक्लो हँुंदै गर्दा फेरि कोरोना भाइरसको संक्रमणको तेस्रो लहर आउन सक्ने विज्ञहरुको अनुमानसंगै प्रजिअ अक्सिजन प्लान्ट निर्माणलाई प्रार्थमिकतामा राख्ने अभियानमै छन् ।‘कोरोना भाइरसको तेस्रो संक्रमण फैलियो भने, यहां भएका दश÷बीस वटा सिलिण्डर प्रयाप्त हुने छैन, तत्काल अक्सिजन प्लान्टको निर्माणमा जुट्नु उपयुक्त हुने छ’,– कुरुम्वाङले भने ।
उनले यस अघि नेपालगञ्ज लगायत पश्चिम नेपालका विभिन्न स्वास्थ्य संस्थाहरुमा अक्सिजनको समस्या भोगेको उल्लेखगर्दै अवको लहरमा प्राणवायुको अभाव हुन नदिन सवै पालिकाहरु गम्भीर हुनुपर्ने तर्क गरे ।अवलोकन कार्यक्रमका अवसरमा तुलसीपुरकी कार्यवाहक प्रमुख माया आचार्यले अक्सिजन प्लान्टको निर्माणमा उपमहानगरपालिका पनि गम्भीर रहेको भन्दै अव पहिले जस्तो अक्सिजनको सकस नहुने दाबी गरिन ।
मेट्रो अस्पतालमा हाल पनि १० जना कोरोना संक्रमित विरामीहरुको उपचार भइरहेको छ । आइसियू र एचडियू वेड समेतको सुविधा छ ।अस्पतालमा उपमहानगरपालिकाले ३ जना कन्सल्टेन्ट फिजिसियन, २ जना मेडिकल अधिकृत, ८ जना स्टाप नर्स, एचए, सिएमए, र कार्यालय सहयोगी गरी ४२ जना कर्मचारी छन् ।
उद्योग वाणिज्य संघमा प्रजिअ
कोरुम्वाङ तुलसीपुर उद्योग वाणिज्यसंघले आयोजना गरेको भ्याक्सिन वहश कार्यक्रममा पनि सहभागी भए । त्यहां ग्यास व्यवसायी, यातायात व्यवसायी, व्यूटीसियन व्यावसायी, नाइसंघ आवद्ध व्यवसायीको जमघट थियो ।
उनीहरुले आफुहरुलाई कोरोनाको खोप उपलव्ध गराउन र व्यवसाय सहज बनाउन आग्रह गरेका थिए । व्यवसायीहरुले आफुहरु पनि फ्रन्टलाइनर भएको हुँदा खोपमा प्रार्थमिकता दिन आग्रह गरे ।
वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा ग्यास व्यवसायी सचिन पौडेल, व्यूटीसियन तथा पार्लर व्यवसायी सीता अधिकारी, यातायात व्यवसायी लगायतले खोपको माग गरेपछि कुरुम्वाङले प्रार्थमिकताका आधारमा सवैलाई क्रमश खोप उपलव्ध गराउने प्रतिवद्धता जाहेर गरे ।
‘दिदी घर’मा प्रजिअ
प्रजिअ कुरुम्वाङ तुलसीपुर डुर्मीगाउँको अनाथ वालवालिकाको आश्रम ‘दिदी घर’ पनि पुगे । त्यहाँ उनले सञ्चालन प्रक्रिया र जुट्दै आएको सहयोगका विषयमा जानकारी लिए ।उपमहानगरपालिका महिला शाखा प्रमुख माया श्रेष्ठपनि साथमै थिइन । दिदी घरलाई ट्रान्जिटका रुपमा प्रयोग गर्दै आएको उनले बताइन ।
दिदी घरकी सञ्चालिका स्यानी चौधरीले अअनाथ वाल गृहको स्वामित्व समेत संस्थालाईनै हस्तान्तरण गर्न चाहेको बताइन ।संस्थालाई थप व्यवस्थित गर्नको लागि सहयोगको याचना गरिन । त्यहाँ पुगेका किवानिस क्लव र रोटरी क्लवका पदाधिकारीहरुले पनि सहयोग गर्ने बचन दिए ।सो अवसरमा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले संस्थालाइ दिगो रुपमा सन्चालनकालागी स्थानिय पालिकाहरुले निति र कार्यक्रममै सम्वोधन गर्न आग्रह गरेका थिए ।
मानव सेवा आश्रममा प्रजिअ
मानवता प्रवद्र्धन महाअभियान अन्तर्गत तुलसीपुरमा सञ्चालित मानव सेवा आश्रममा पनि बुधबार प्रजिअ पुगे ।सहयोगीहरुको मानो र मुठी सहयोगले चल्दै आएको सो आश्रममा सुत्केरी महिलादेखि मानसिक समस्या भएका सडक मानवहरु आश्रित छन् । त्यहां १९ जनाले आश्रय लिइरहेका छन् । विदेशी नागरिकबाट सहयोग नलिने सो संस्थाले नेपालीहरुकै सहयोगबाट संस्था सञ्चालन गर्दै आएको छ ।
पछिल्लो समयमा प्रदेश सरकारले त्यहां स्वास्थ्यकर्मी पनि खटाएको छ । ओषधि उपचारसहित सडक मानवलाई आवस्यकता अनुसार आश्रय दिने र सम्भव भएसम्म परिवारमा पुर्नंस्थापन गर्ने कार्य रहेको आश्रम गर्दै आएको छ ।
आँखा अस्पतालमा प्रजिअ
प्रजिअ कुरुम्बाङ बुधबार रक्षाचौरको राप्ती आँखा अस्पतालपनि पुगे । पछिल्लो समयमा विकाश भएको सूचना प्रविधि र मोवाइल फोनको अधिक्तम प्रयोगको प्रशंग उठाउंदै वालवालिकाहरुमा अहिले स्क्रिन लत लागेको छ ।प्रजिअले उनीहरुको आँखा स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरे । नवनिर्मित ओपिडी भवनको निरिक्षण तथा आँखा स्वास्थ्य सेवाको विषयमा छलफल गरे । उनले अन्य अस्पताल भन्दा आँखा अस्पताल परिशरमा सरसफाईदेखि सवै व्यवस्थापन राम्रो भएको बताए ।
उनले आँखा अस्पताल जस्तै अन्य संस्थाहरु पनि राम्रो हुनुपर्ने बताए । अस्पतालले दिएका सेवाहरुको बारेमा जानकारी लिए ।पछिल्लो समयमा बालबालिकाहरुमा आँखा सम्वन्धि समस्याहरु धेरै देखिएको भन्दै त्यस तर्फ सचेतना दिन आग्रह गरे ।सानै उमेरमा बालबालिका कम देख्ने समस्या आउन नपावस भनेर सबै सचेत बन्नु पर्ने बताए ।
गैर नाफा मुखी सेवामुलक आँखा अस्पतालको विकासमा स्थानीय सरकारले पनि सहयोग गर्नु पर्ने तर्क गरे ।नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले संघले विभिन्न दातृ निकाय, स्थानीय प्रदेश सरकारको समन्वयमा अस्पतालको भौतिक विकासका साथै सर्वसुल्भ सेवा दिएको बताए ।
त्यस्तै संघका सचिव तथा अस्पताल व्यवस्थापन समितिका सदस्य सुरेन्द्र खड्काले संघले आँखा स्वास्थ्य सेवालाई जनस्तर सम्म पु¥याउन सवै संग सहकार्य गरेको बताए ।
चिफमेडिकल डाईरेक्टर डा। शुलक्ष्मी कटुवालले हाल अस्पतालले दिदै आएको सेवा र थप सेवाको विषयमा अबगत गराइन ।
त्यस्तै अस्पताल प्रशासक किरण पौडेलले हालसम्म अस्पतालले दिएका सेवाहरु अस्पतालको भावि योजना तथा अस्पतालले सञ्चालन गरेका आँखा स्वास्थ्य सेवाको विषयमा जानकारी गराए ।
जयगुरुदेवको ‘भोकालाई भोजन’को सुरुवात
कुरुम्वाङले तुलसीपुरमा आयोजित भोकालाई भोजन अभियानको समेत सुभारम्भ गरे । जयगुरुदेव अध्यात्मिक संगत दाङले बुधवारदेखि तुलसीपुरको समिक्षालयमा भोकालाइ भोजन अभियानको सुरु गरेको छ । विशेषगरी प्रादेशिक अस्पताल तुलसीपुरका विरामी र कुरुवालाइ लक्षित गरी शुद्ध साकाहारी भोजन व्यवस्थापन संगै सडकमा हिंड्ने जुनसुकै भोकालाई लक्षित गरि अभियान सञ्चालनमा गरिएको हो ।
साकाहारी बनौ, दुव्र्यसनी त्यागौं भन्ने मुल नाराकासाथ सुरु भएको यो अभियान जयगुरुदेवका अभियन्ताहरुले मुठी दानबाट सञ्चालनमा ल्याएका हुन् ।हरेकले आफुनो आम्दानीको दश प्रतिसत मात्र संकलन गर्न सके यो अभियान निरन्तर सञ्चालन हुन सक्ने अपेक्ष अभियन्ताहरुले गरेका छन् । भारतको उज्ययनमा रहेका वावा उमाकान्तजी महाराजको निर्देशनमा यो अभियान सञ्चालन गरिएको हो ।