२०८१ चैत्र ४ गते सोमवार

विरुवा रोपेर काँग्रेस दाङले बीपी स्मृति दिवस मनाउने

तुलसीपुर, साउन ५ । नेपाली काँग्रेस दाङले संस्थापक नेता बीपी कोईरालाको ३९ औं स्मृति दिवसमा बृक्षा रोपन कार्यक्रम गर्ने भएको छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री कोईरालाको स्मृतिमा बुधबार शान्तिनगर गाउँपालिकास्थित बीपी नमुना माध्यामिक बिद्यालयको परिशरमा बृक्षा रोपन कार्यक्रम आयोजना गरिएको काँग्रेस दाङका सचिव शंकरप्रशाद डाँगीले जानकारी दिए ।

कार्यक्रम बिहान साढे ११ बजेदेखि सुरु हुने हुँदा प्रजातन्त्रमा आस्थाबान सबै नेता कार्यकर्तालाई उपस्थितिका लागि जिल्ला सचिव डाँगीले आह्वान गरेका छन् ।

महामानव बीपीको स्मृतिमा रुद्राक्ष लगाएत बिभिन्न जातका गरि करिब दूई सय बोट बिरुवा रोप्ने योजना रहेको सचिव डाँगीले बताए ।

प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *