२०८२ कार्तिक २१ गते शुक्रवार

सञ्चार विधयेकको पुनर्लेखन गर्न माग गर्दै पत्रकारहरुद्वारा प्रदेश सभा अगाडि धर्ना

बुटवल,असार २७ । लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार विधयेकको पुनर्लेखन गर्नुपर्ने माग गर्दै पत्रकारहरुले प्रदेश सभा अगाडि धर्ना दिएका छन् ।

पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आह्वानमा पत्रकारहरूले प्रदेश सभा अगाडि  आइतवार  १२ ः ३० देखि १ घण्टा धर्ना दिएका हुन्।

लुम्बिनी सरकारले सञ्चार विधयेक प्रदेश सभामा लगेपछि महासंघका केन्द्रदेखि लुम्बिनी प्रदेश समिति र जिल्ला शाखाहरुले विरोध गर्दै आएका छन्।

विधयेकमा प्रेस स्वतन्त्रता सम्बन्धी थुप्रै बुँदा रहेको भन्दै फिर्ता नलिएसम्म आन्दोलन जारी रहने पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्काले बताए।

विधेयकमा पत्रकारलाई जेल सजाय र पत्रिकाको प्रकाशन बन्द गर्नसक्ने लगायतका बुँदाहरु समेत समेटिएका छन् ।

यस्तै सञ्चार परिषदको अध्यक्ष मन्त्री र सदस्यहरु अधिकांश मन्त्रालयका कर्मचारीहरु रहने व्यवस्था छ ।

प्रकाशित मिति : २०७८ असार २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *