२०८१ असार ९ गते शनिवार

मेट्रो अस्पतालको मेसुमा साहुलाई नियुक्त गर्ने निर्णय

तुलसीपुर,असार २६ । तुलसीपुर मेट्रो अस्पतालले मेडिकल सुपरिटेन्डेन्ट तोकेको छ ।

तुलसीपुरका मेयर घनश्याम पाण्डको अध्यक्षमा शनिबार बसेको बैठकले अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा। प्रकाश साहुलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

मेयर पाण्डे अस्पताल व्यवस्थापन समितिका अध्यक्षपनि हुन ।

त्यस्तै बैठकले कोभिडको तेस्रो भेरेन्टका लागि तयारीमा बस्ने निर्णय गरेको हो ।

बालबालिकालाई उक्त भेरेन्ट देखिने आशंका गरिएको छ ।

बैठकमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया शर्मा, प्रमुख प्रशासकीय अधिकृत भाष्कर गौतम, स्वास्थ्य शाखा प्रमुख ओमपी न्यौपाने, डा. ज्ञानेन्द्र पाण्डे लगाएतले कोरोना महामारीमा गरेको कामको समिक्षा गरेका थिए ।

कार्यक्रमको सहजीकरण स्वास्थ्य निरीक्षक बिमल केसीले गरेका हुन ।

 

 

प्रकाशित मिति : २०७८ असार २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *