तुलसीपुर , असार २३ । दाङको राप्ती नदीमा निर्मित नेपालकै दोस्रो लामो पुलको दक्षिण तर्फको एप्रोचमा बाढीले क्षति पु¥याएको छ ।
जसका कारण ठूला यातायातका साधन सञ्चालन हुन सकेको छैनन् ।
अविरल बर्षातपछि आएको बाढीका कारण पुलको एप्रोचमा क्षति पुगेको र त्यसले गर्दा साईकल मोटरसाईकल जस्ता साधन सञ्चालन भएपनि अन्य सवारी साधन सञ्चालनमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
राप्ती नदीमा निर्मित सिसहनियाँ पुल जोड्ने हुलाकी मार्गको एप्रोच बाढीले भत्काएको कुरुम्बाङले बताए ।
पुलको लम्बाई ८६० मिटर र चौढाई साढे १० मिटर रहेको छ । यो पुल अनक निर्माण सेवाले निर्माण गरेको हो ।
आर्थिक वर्ष २०७२÷०७३ देखि निर्माण सुरु गरेको कम्पनीले सम्झौता भन्दा अगाडि नै काम सकेको थियो ।
लुम्बिनी प्रदेशको राजधानीको केन्द्र तोएिको राप्ती र गढवा गाउँपालिका जोड्ने पुल हो ।