घोराही, असार २३ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङको पदाधिकारी हेरफेर तथा नियुक्त गरिएको छ ।
प्रतिष्ठानको रेक्टरमा प्रसुति रोग विशेषज्ञ डा। बशन्त लामिछाने र रजिस्टारमा प्रकाश थापा नियुक्त गरिएका छन् ।
लामिछानेले यसअघि प्रतिष्ठानको डिन थिए । नब नियुक्त थापा र लामिछानेलाई उपकुलपति प्राध्यापक डाक्टर संगीता भण्डारीले जनताको सेवामा इमान्दारी पूर्वक खटिएर काम गर्न आग्रह गरेकी छन् ।
प्रतिष्ठानको प्रमुख सल्लाहकार नारायण भुसाल, सल्लाहकार बलिभद्र रानाले नबनियुक्त थापा र लामिछानेलाई सफल कार्यकालको शुभकाना दिएका छन् ।
प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार